बलेरो पल्टिँदा चालकको निधन

बलेरो पल्टिँदा चालकको निधन

हिजो रातिको समयमा चितवनमा बोलेरो गाडी आफैं अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको छ ।

कालिका नगरपालिका–११ स्थित भित्री सडक खण्डमा राति साढे १० बजेतिर भएको दुर्घटना हो । सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा१८च ८९७३ नं.को बलेरो आफैं अनियन्त्रित भई सडकदेखि करिब एकसय ५० मिटर तल खसेको बताइन्छ । 

उक्त बलेरोमा चालक बाहेक अरु कोही थिएनन् । चालक खैरहनी नगरपालिका–४ बस्ने अन्दाजी ६०÷६५ वर्षीय राममणि न्यौपानेलाई शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते अवस्थामा भरतपुर सरकारी अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच पश्चात् रातिको सवा १२ बजे नै मृत घोषणा गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

टिप्पणीहरू