तेम्बा बजारको आगो नियन्त्रण, क्षतिको विवरण आउन बाँकी

तेम्बा बजारको आगो नियन्त्रण, क्षतिको विवरण आउन बाँकी

गएराति ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । राति ११ बजेदेखि शुरु भएको भीषण आगलागी नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीय मिलेर निभाइएको हो । 

आगलागीमा चार वटा घर पूर्ण रुपमा जलेको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए । उनका अनुसार अनुमानित तीन करोड रुपैयाँको क्षति भएको छ । जनआस्थासँग उनले भने,‘आगो बल्लतल्ल निभेको छ । क्षतिको यकिन विवरण आइसकेको छैन । अनुमानित तीन करोडको क्षति भएको होला ।’

आगलागीमा मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

टिप्पणीहरू