ज्वालामुखी विस्फोटपछि अन्तराष्ट्रिय उडान प्रभावित

ज्वालामुखी विस्फोटपछि अन्तराष्ट्रिय उडान प्रभावित

इथोपियाको अफार क्षेत्रमा रहेको हायली गुब्बी ज्वालामुखी विस्फोट भएको छ । करिब दश हजार वर्षदेखि निस्क्रिय रहेको उक्त ज्वालामुखी विस्फोट हुँदा एक दर्जनभन्दा बढी देश प्रभावित बनेका हुन् । 

ज्वालामुखी विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि सयभन्दा बढी हवाइ उडान रद्ध भएका छन् । ज्वालमुखी विस्फोट हुँदा यमन, ओमान र पाकिस्तानको आकाशसम्म बाक्लो धुवाँको मुस्लो देखिएको थियो । भारतका ११ उडान समेत रद्ध गरिएकाे टुलूज भल्कानिक एडभाइजरी सेन्टरले जनाएको छ । 

उता पाकिस्तान मौसम विभागले वायुमण्डलमा खरानी पुगेपछि चेतावनी जारी गरेको छ । विस्फोटको धुवाँ १५ किलोमिटर उचाइसम्म पुगेको भूगर्भविदहरुले बताएका छन् ।
 

टिप्पणीहरू