अमेरिकामा गोली चल्यो, अरु देशलाई आपत्
अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीमा एक अफगान नागरिकले मच्चाएको गोलीकाण्डका कारण त्यहाँ बस्ने अन्य देशका नागरिकलाई समेत आपत पर्न लागेको छ । अस्तिको गोलीकाण्डपछि अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी नीति कडा बनाउन लागेको छ । यसको प्रभाव ग्रीन कार्ड लिएका नेपालीहरूमासमेत पर्नसक्ने बताइन्छ ।
अमेरिकी नेसनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डकै कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ देशका नागरिकलाई लागू हुनेगरी जारी गरिएका ‘ग्रीनकार्ड’हरूको पुनः परीक्षण गर्न निर्देशन दिएका छन् । सो सूचीमा टीपीएसअन्तर्गत रहेका देशहरूसँगै उच्च जोखिमयुक्त राष्ट्रसमेत परेका छन्।
युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति ट्रम्पले ‘हरेक देशका हरेक व्यक्तिलाई जारी गरिएका सबै ग्रीनकार्डको गहन पुनः समीक्षा’ गर्न आदेश दिएका छन्। अफगान नागरिकद्वारा भएको गोलीकाण्डलाई ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामाथिको खतरा भन्दै कठोर कदम चालेको छ।
यसबीच,अमेरिकाले अफगान नागरिकसम्बन्धी सबै आप्रवासन फाइलका प्रक्रिया अस्थायी रूपमा रोकिएको घोषणा गरेको छ ।
टिप्पणीहरू