भीषण आगलागीपछि ठेकेदार पक्राउ, २७९ जनाको अवस्था अज्ञात

भीषण आगलागीपछि ठेकेदार पक्राउ, २७९ जनाको अवस्था अज्ञात

हङकङको ताई पो जिल्लामा रहेको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा भएको आगलागीमा ४४ जनाको मृत्यु भएको छ । प्रहरी र सरकारी अधिकारीहरुले २७९ जनाको अवस्था अज्ञात रहेको जनाएका छन् । 

हिजो बिहान पौने ३ बजे सुरु भएको आगलागी भीषण भएपछि स्थानीय सरकारले ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको थियो । हङकङमा यो तहको आगलागीलाई सबैभन्दा गम्भीर श्रेणीको मानिन्छ। 

घटनामा घाइते ४५ जना गम्भीर घाइतेहरूको उपचार भइरहेको छ। प्रहरीले निर्माण कम्पनीका ठेकेदार तथा जिम्मेवार अधिकारीहरुलाई नियन्त्रणमा लिएको छ । आठ सयभन्दा बढी अग्नी नियन्त्रकहरुले १८ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।

सम्भवतः चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने अनुमान धेरैको छ । आगलागी भएको भवनबाट एउटा शिशुु र वृद्ध महिलाको उद्धार गरिएको थियो ।

टिप्पणीहरू