अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच कुराकानी, राजासँग भेटको तयारी

अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच कुराकानी, राजासँग भेटको तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायत भ्रमणको क्रममा लण्डन पुगेका छन् । राष्ट्रपतिले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरेका छन् । राजा चाल्र्ससँग आजै भेट गर्ने कार्यक्रम छ । 

बाइडेनले बेलायती प्रधानमन्त्रीसँग उत्तर एटलाण्टिक सैनिक संगठन नेटोद्वारा युक्रेनलाई गरेको सहयोग, टर्कीले स्वीडेनको सदस्यता प्रयासमा पुर्याएको अवरोधलगायत विषयमा छलफल गर्दैछन् । 

त्यसैगरी जलवायुसम्बन्धी मुद्दामा पनि छलफल हुने जनाइएको छ । बेलायतबाट उनी नेटो शिखर सम्मेलनमा सहभागी हुन लिथुआनियाको राजधानी भिलिनियस जानेछन् । यस पटक राष्ट्रपतिले फिनल्याण्डको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू