मण्डेलाको जीवनमा ग्रासाको आगमन

मण्डेलाको जीवनमा ग्रासाको आगमन

उनको जन्म सन् १९४५ को अक्टोबर १७ मा मोजाम्बिकको राजधानी मापुतोको माथिल्लो प्रान्त गाजामा भएको हो । ग्रासा सिम्बिने नामकी उनको परिवार गरिब थियो र गाउ“मा खेतीपाती गथ्र्याे ।

गरिबीकै कारण उनका बाबु दक्षिण अफ्रिकाको खानीमा काम गर्न जान्थे । उनी पूर्णतः निरक्षर थिए । यसकारण गिडोन जोसियास सिम्बिनेले मेथोडिस्ट चर्चको सदस्यता लिए र आफ्ना छोराछोरीलाई चर्चकै स्कूलमा पढाए । उनी, अर्थात् ग्रासा स्कूल जान थालेकी हप्ता दिनमै गिडोनको निधन भयो । उनी पछि मापुतोमा पढ्न गइन् । उनको कक्षामा जम्माजम्मी ४० जना विद्यार्थी थिए तर उनी एक्ली अश्वेत थिइन्, अरू सबै गोरा । अश्वेतहरूको मुलुकमा पढ्ने विद्यार्थी चाहि“ सबै गोरा किन ? उनी यसबारे घोत्लिन बाध्य भइन् । र, उनको राजनीतिक शिक्षा यहींबाट शुरु भयो । 

सौभाग्यवश स्कूले शिक्षापछि पोर्चुगलमा पढ्ने छात्रवृत्ति उनले पाइन् । पढाइकै दौरान पोर्चुगलको उपनिवेशविरुद्ध संघर्षरत माक्र्सवादी–लेनिनवादी छापामार संगठन ‘फ्रेलिमो’का लागि पनि काम गर्न थालिन् । उक्त संगठनसित आबद्ध भएको आशङ्कामा गुप्तचरहरूले उनको पिछा गरे । संगठनका प्रमुख नेता सामोरा मासेलले यो कुरा थाहा पाएपछि उनलाई ताञ्जानिया बोलाए । उनी १९७३ मा डार–ए–सलाम पुगिन् । त्यसबेला ताञ्जानियाका राष्ट्रपति जुलियस न्यरेरे अफ्रिकाको मुक्तिमा ठूलो सघाउ पुर्‍याइरहेका थिए । उनको सहयोग र समर्थनमा ‘फ्रेलिमो’ पनि व्यापक बन्दै थियो । त्यहा“ पुगेर २८ वर्षीया युवती ग्रासाले दिन–रात हतियार चलाउने तालिम लिन थालिन् । यसबीच उनको सामोरास“ग दुई–चारपल्ट भेटघाट भयो । उनी र सामोराका दिदी ‘बेष्ट फ्रेण्ड’ बने । यसबीच सामोराकी पत्नी जोसिनाको निधन भयो । जोसिना पनि छापामार लडाकू थिइन् । सन् १९७४ मा पोर्चुगिज फासिस्ट सरकारको पतन भयो । यसै मौकाको फाइदा उठाउ“दै फ्रेलिमोले मोजाम्बिकभित्र आक्रमण गरेर सत्ता हातमा लिई अन्तरिम सरकार गठन गर्‍यो  । सामोराको नेतृत्वमा गठित अन्तरिम सरकारमा ग्रासालाई शिक्षा सचिव बनाइयो । १९७५ मा उनी शिक्षा तथा संस्कृति मन्त्री बनिन् । सेप्टेम्बर ७ का दिन छापामार नेता तथा राष्ट्रपति सामोरा र प्रथम महिला मन्त्री ग्रासाबीच बिहे भयो । उनी जोसिनातर्फका पा“चसमेत गरी कुल सात सन्तानकी आमा बनिन् । उनले पोर्चुगल सरकार र फ्रेलिमोबीच भएको वार्तामा पनि भाग लिइन् । फ्रेलिमोको पा“च सदस्यीय वार्ताटोलीमा उनी एक मात्र महिला थिइन् । 

सन् १९७५ मा लेनिन शान्ति पुरस्कार जितेका राष्ट्रपति सामोरा १९८६ को अक्टोबर १९ मा जाम्बियामा सम्पन्न अन्तर्राष्ट्रिय बैठकमा भाग लिएर स्वदेश फर्कंदै गर्दा उनी यात्रारत विमान तुपोलेभ टीयु–१३४ मोजाम्बिक, स्वाजील्याण्ड र दक्षिण अफ्रिकाको सिमानामा अवस्थित लेबोम्बो पहाडमा ठोक्किन पुग्यो । उक्त दुर्घटनामा नौजना बा“च्न सफल भए तर सामोरा र केही मन्त्रीलगायत २४ जनाको ज्यान गयो । दुर्घटनाको जा“चबुझ गर्न दक्षिण अफ्रिका र मोजाम्बिकको संयुक्त छानबिन समिति बन्यो तर दक्षिण अफ्रिकी सैनिक जनरल लोथार निथलिङ्गले विमानमा रहेको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) समितिलाई हस्तान्तरण गर्न नमानेपछि षड्यन्त्रको ठहरसहित यो काण्ड त्यत्तिकै सेलायो ।

ग्रासाले सामोराको निधन भएको पा“च वर्षसम्म कालो वस्त्र लगाइन् । उनी आज पनि सामोराको ठूलो तस्वीर टा“गिएको सामोराकै घरमा बस्छिन्, जबकि उनी यतिखेर दक्षिण अफ्रिकाका लोकप्रिय नेता नेल्सन मण्डेलाकी पत्नी हुन् । उनी भन्छिन्– ‘मोजाम्बिक, सामोरा र मण्डेलाप्रतिको मेरो प्रेम कहिल्यै घट्ने छैन ।’ आज पनि ग्रासालाई भेट्नुपर्‍यो भने मण्डेला मापुतो जान्छन् । त्यसैगरी, मण्डेलालाई भेट्नुपर्‍यो भने ग्रासा जोहानेसबर्ग जान्छिन् । यसबाहेक उनीहरू कम्तीमा हप्तामा दुईपटक फोनमा कुराकानी गर्छन् । 

सन् १९८६ मा सामोरा विमान दुर्घटनामा मारि“दा नेल्सन मण्डेला जेलमै थिए । तर, उनले जेलभित्रैबाट रङ्गभेदविरोधी अर्का अफ्रिकी नेता तथा आफ्ना मित्र सामोराको निधनमा शोक व्यक्त गर्दै ग्रासालाई पत्र लेखे । उक्त पत्र उनले आफू र पत्नी विन्नी मण्डेलाको तर्फबाट लेखेका थिए । वास्तवमा मण्डेला र ग्रासाबीचको पहिलो कुराकानी नै यो पत्र थियो । मण्डेलाको पत्र पढेपछि ग्रासा झन् भावुक भइन् । किनकि उनी त्यतिखेर २४ वर्ष जेल बसिसकेका मण्डेलाको अनुयायी थिइन् । मण्डेला र विन्नीलाई उनले छुट्टाछुट्टै पत्र लेखिन् । विन्नीलाई लेखेको पत्रमा उनले भनेकी थिइन्– ‘तपाईंको लोग्नेलाई जसले जेलमा कोचेको छ, उसैले मेरो लोग्नेको हत्या गरेको हो । जंगलको एउटा ठूलो रूखलाई ढालेर जंगललाई नै समाप्त पार्‍यो  भन्ने उनीहरूको सोंच सर्वथा गलत छ ।’ तर, उनले मण्डेलालाई भने बेग्लैखाले पत्र लेखिन् । जसमा भनिएको थियो– ‘प्रत्येक बगैंचामा एउटै मात्र फूल सबैभन्दा सुन्दर हुन्छ । हामी पनि कुनै बेला सशरीर भेट्न पायौं भने आफ्नो भावना आ“खाकै माध्यमबाट व्यक्त गरौंला ।’

ग्रासा भावुक थिइन् । उनले पतिवियोगलाई आजसम्म भुल्न सकेकी छैनन् । यसकारण विधवा बनेपछि उनले मन्त्री पद त्यागिन् । र, छोराछोरीको पालनपोषणमा आफूलाई लगाइन् । यद्यपि पछि संयुक्त राष्ट्रसंघले उनलाई युद्धबाट पीडित केटाकेटी उद्धार गर्ने कामको जिम्मेवारी दियो । यसबीच २७ वर्षपछि १९९० मा मण्डेला जेलबाट रिहा भए । उनी सीधै मापुतो पुगे । र, ग्रासालाई भेटे । उनीहरूको दोस्रो भेट दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भयो । त्यसबेला वेष्टर्न केपको विश्वविद्यालयले ग्रासालाई मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गर्‍यो । त्यसबेला मण्डेला त्यहा“को राष्ट्रपति बनिसकेका थिए । सो भेटघाटमा ग्रासालाई मण्डेलाले भनेका थिए– ‘तपाईंका सातैवटा केटाकेटी पाल्ने जिम्मा मलाई दिनुस् । म उनीहरूको गडफादर बन्न चाहन्छु ।’ ग्रासाकै भनाइमा मण्डेलाको यो भनाइ प्रेमको शुरुवात थियो । अब समय–समयमा उनीहरूबीच भेटघाट हुन थाल्यो । तर, मण्डेलाको कार्यालयले सन् १९९६ सम्म यो प्रेम प्रसङ्गलाई गोप्य राख्यो । उनीहरूले प्रत्येक दुई महिनाको एकपटक जोहानेसबर्ग र मापुतोमा भेट्ने गरेको कसैले सुइ“कोसम्म पाएन । एक–दुई स्थानमा यसबारे मण्डेला र ग्रासालाई पत्रकारहरूले नसोधेका पनि होइनन् तर दुवैले आफूहरू ‘बेष्ट फ्रेण्ड’ मात्र भएको र बिहे गर्ने सोचाइ नभएको बताउ“दै तर्किए । यसबीच सामोरास“ग बिहे गरेपछि ग्रासा मिसेल भएकी ग्रासामाथि उनको परिवार र मोजाम्बिकका राष्ट्रपति जोआकिम चिसानो र मण्डेलामाथि नोबल पुरस्कार विजेता पादरी डेसमण्ड टुटु तथा मण्डेलाकै पहिली पत्नी इवलिनको दबाब पर्दै गयो । 

ग्रासाले सन् १९९७ को अक्टोबर १५ का दिन मापुतो समुद्रीकिनारमा अवस्थित आफ्नो घरमा ५२ औं जन्मदिन मनाउ“दै गर्दा ‘सरप्राइज’ दिन अचानक मण्डेला उपस्थित भए । उनले भावुक हु“दै भने– ‘मेरो एक्लोपनले मलाई बसिनसक्नु बनाइसक्यो । यदि आजको दिन पनि म चुकें भने... ।’ मण्डेलाको यो भनाइबाट ग्रासा निकै प्रभावित भइन् र मण्डेलास“ग बिहे गर्न तुरुन्तै तयार भइन् । यसपछि सन् १९९८ मा मण्डेलाको ८० औं जन्मदिन अर्थात् जुलाई १८ को अवसर पारेर उनीहरूको बिहे सम्पन्न भयो । ८० वर्षीय बूढा र ५३ वर्षीया बूढीबीच भएको यो मण्डेलाको तेस्रो र ग्रासाको दोस्रो बिहे थियो । मण्डेलाले यसअघि जवानीमै इवलिन न्तोको मासेस“ग र दोस्रो बिहे विन्नी मादिकीजिलास“ग गरेका थिए । इवलिनस“ग १९५७ मा र विन्नीस“ग १९९५ मा उनले पारपाचुके गरे । मण्डेलाको ग्रासास“ग बिहे हुनुअघि नै ६ जना छोराछोरी, २० जना नाति–नातिना र थुप्रै पनाती छन् । 

यतिखेर ग्रासा बिहेको दिन मण्डेलाले आफूलाई लगाइदिएको औंठी सबैलाई देखाएर हि“ड्छिन् । मण्डेलाले दिएको औंठी चा“दीबाट बनेको छ र हिरा जडिएको छ । औंठीको दाया“–बाया“ सुनको मसिनो तार पनि छ । उनी भन्छिन्– ‘यो मैले उनको जन्मदिनको उपहार पाएकी हु“, मैले भने मेरो बा“की जीवन नै उनमा समर्पित गरेको छु ।’ त्यसो त उनले आफ्नो प्यारो लोग्ने सामोराले दिएको अर्को औंठी पनि फुकालेकी छैनन् । मण्डेलाले बिहे गर्न राष्ट्रपति पद छाडेका थिए । ग्रासा भन्छिन्– ‘म दिवंगत पति सामोरा र वर्तमान पति मण्डेला दुवैलाई बराबरी माया गर्छु ।’ उनी आफ्नो बिहे मण्डेलास“ग भएकोमा स्वाभाविक मान्छिन् र भन्छिन्– ‘मादिबा (ग्र्रासाले प्रेमपूर्वक मण्डेलालाई संबोधन गर्ने नाउ“) एक्लो जीवन बिताउ“दै थिए, उनलाई सहाराको जरुरत थियो, ठीक त्यस्तै मलाई पनि ।’ उनी भन्छिन्– ‘बिहेपछि होस् वा अगाडि न मैले विन्नीस“गको सम्बन्धमा उनीसित कुनै प्रश्न गरेकी छु, न त उनले नै म र सामोराको सम्बन्धबारे कहिल्यै कुनै कुरा उठाएका छन् । 

ग्रासा र मण्डेला बेलाबखत सामोरा मासेल जन्मेको गाउ“ सिलेम्बेने जान्छन् । त्यहा“बाट ग्रासा बस्ने घरमा फर्कन्छन् । ग्रासाले उक्त घरको आ“गनमा सामोराको ठूलो मूर्ति ठड्याएकी छन् । दुवै पति–पत्नी सामोराको उक्त मूर्तिमुनि बसेर भलाकुसारी गर्न मन पराउ“छन् । सालिन्दा अक्टोबर १९ का दिन दुवैजना सामोराको समाधिमा फूल चढाउन जान्छन् । मण्डेला मापुतो जाने बेलामा सुरक्षागार्ड लिएर हि“डेका हुन्छन् तर उनकी पत्नी सुरक्षागार्ड राख्न मन पराउ“दिनन् । संयुक्त राष्ट्रसंघबाट ‘लाइफ एचिभमेन्ट अवार्ड’लगायत दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाइसकेकी उनलाई संरासंघको महासचिव बन्न र सन् २००३ मा सम्पन्न चुनावमा राष्ट्रपतिको उम्मेदवारी दिनसमेत प्रस्ताव गरिएको थियो तर दुवै प्रस्तावलाई उनले अस्वीकार गरिन् । उनी भन्छिन्– ‘म र मण्डेला आफ्ना छोराछोरीलाई अत्यधिक समय दिएर र प्रेम गरेर बा“की जीवन बिताउन चाहन्छौं ।’

(यो लेख मण्डेलाको जन्मदिन जुलाई १८ को दिन प्रकाशित भएको हो । वर्ष १३ अंक २०, साउन २, २०६४ मा । रंगभेद बिरोधी आन्दोलनका नेता तथा दक्षिण अफृकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको सन् २०१३ मा निधन भइसकेको छ । उनकी प्रथम पत्नी इभलिन न्तोको मासेको सन् २००४ मा र दोश्री पत्नी विन्नी माडिकिजेलाको पनि सन् २०१८ मा निधन भइसकेको छ भने तेश्री पत्नी ग्रासाले ७८ वसन्त पार गरिसकेकी छिन् । ग्रासा दुइटा मुलुक मोजाम्बिक र दक्षिण अफ्रिकाकी प्रथम महिला बन्न सफल महिला पनि हुन् ।)
 

टिप्पणीहरू