घोडादौडमा ९ वर्षकी बालिका प्रथम

घोडादौडमा ९ वर्षकी बालिका प्रथम

चीनमा ९ वर्षीया बालिका घोडादौड प्रतियोगितामा प्रथम भएकी छन् । चीनको भित्री मंगोलिया प्रान्तमा रहेको वयन नर सिटीमा घोडादौड प्रतियोगितामा उनी विजयी भएकी हुन् ।

त्यहाँ १० हजार मीटर घोडादौड प्रतियोगिता अस्ति भएको हो । चिनियाँ समाचार समितिले उक्त प्रतियोगितामा मंगोलियन जातिकी ९ वर्षीया बालिका विजयी भएको जनाए पनि उनको नाम उल्लेख गरेको छैन । 

बालिकाले प्रतियोगितामा आफूभन्दा उमेरले निकै ठूला अन्य प्रतिस्पर्धीलाई हराएकी हुन् । भित्री मंगोलियाको घाँसे मैदानमा भएको प्रतियोगिता निकै रोचक देखिएको सिन्ह्वाले जनाएको छ । 

उक्त प्रान्तमा घोडादौड प्रतियोगिता निकै प्रख्यात छ । हरेक वर्ष आयोजना हुने घोडादौडलाई चिनियाँहरु मनोरञ्जनात्मक खेलका रुपमा लिन्छन् ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू