सूचना आयुक्तका लागि दरखास्त आह्वान

सूचना आयुक्तका लागि दरखास्त आह्वान

राष्ट्रिय सूचना आयोगमा रिक्त हुन लागेको प्रमुख सूचना आयुक्त नियुक्तिको प्रक्रिया अघि बढाएको छ । 

पदाधिकारी नियुक्ति सिफारिस समितिले सूचना जारी गर्दै प्रमुख आयुक्तसहित दुई आयुक्तका लागि पनि दरखास्त आह्वान गरेको हो । तीन पदमा कम्तीमा एक जना महिला रहने गरी नियुक्ति गरिने आयोगले जनाएको छ । 

आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिलाई यही कात्तिक १३ गतेभित्र आवेदन पेश गर्न भनेको छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक हासिल गरेको हुनुपर्ने छ । 

त्यस्तै, आमसञ्चार, कानून न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेको र ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू