परराष्ट्र सचिवलाई केही दिनका लागि प्रधानमन्त्री कार्यालयको जिम्मा

परराष्ट्र सचिवलाई केही दिनका लागि प्रधानमन्त्री कार्यालयको जिम्मा

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । हिजो अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सरुवा गरेपछि रिक्त पदमा सोही मन्त्रालयका सहसचिव अमृतबहादुर राईलाई कायम मुकायम सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

लम्साल यसअघि नै बेल्जियमका लागि राजदूतमा सिफारिस र संसदीय सुनुवाई समितिबाट अनुमोदित भइसक्नुभएको छ । राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ खुवाएपछि राजदूतको जिम्मेवारी सम्हाल्न उहाँ बेल्जियमको राजधानी ब्रसेल्स जानुहुने छ ।

टिप्पणीहरू