बर्दीमा टिकटक भिडियो बनाएका ट्राफिक प्रहरी फन्दामा

बर्दीमा टिकटक भिडियो बनाएका ट्राफिक प्रहरी फन्दामा

बर्दीमा भिडिओ बनाई टिकटकमा हाल्ने ट्राफिक प्रहरीका दुइजना कर्मचारी विभागीय कारबाहीमा पर्ने भएका छन् । 

विभागीय निर्देशनको अवज्ञा गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले कास्कीस्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट बगरमा कार्यरत हरिचन्द्र रिमाल र कोपिला थापा मगरलाई कारवाही गर्न निर्देशन दिएको हो । कार्यालयको उजुरी छानबिन शाखाले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडालाई पत्र लेखेर आवश्यक कारबाही गरी यथाशिघ्र सोको जानकारी गराउन आदेश गरेको छ । 

प्रदेश प्रहरी कार्यालयले पोशाकमा भिडियो खिचेर सञ्जालमा पोष्ट गर्ने कर्मचारीलाई तत्काल आवश्यक कारवाही गरी सोको व्यहोरा जाहेर गर्न पनि भनेको छ ।  

बर्दीको दुरुपयोग बढेपछि प्रहरीले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी छुट्टै निर्देशिका बनाई कार्यान्वयनमा ल्याइसकेको छ । निर्देशिकाको दफा २० मा प्रहरी कर्मचारीले पोशाकमा भिडिओ खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न नहुने प्रष्ट व्यवस्था छ । तर, टिकटक र फेसबुकमा भिडिओ बनाएर हाल्नेक्रम रोकिएको छैन ।

टिप्पणीहरू