सभामुख राति बैंकक प्रस्थान

सभामुख राति बैंकक प्रस्थान

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कम्बोडियाको राजधानी न्होम्पेन्ह जानुभएको छ । उहाँ थाई एअरवेजको उडान नम्बर टीजी ३१० मा राति साढे ९ बजे बैंकक हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

सभामुख घिमिरे चार सदस्यीय टोलीको नेतृत्व गर्दै भोलिदेखि मंगलबारसम्म हुन लागेको इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एण्ड पिस को ११ औं सेसनमा भाग लिन कम्बोडिया जानुभएको हो ।

टोली सदस्यका रुपमा सांसदहरु ताराबहादुर लामा, ईश्वरबहादुर रिजालसँगै सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रसाद भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल पनि सोही उडानमा त्यता गएका छन् ।

टिप्पणीहरू