माओवादी उम्मेदवारलाई मतदान गर्न एकीकृत समाजवादीको आग्रह
आगामी स्थानीय तहको उपचुनावमा सुनसरीमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई सघाउन नेकपा एकीकृत समाजवादी तयार भएको छ । गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा हुन लागेको उपचुनावमा माओवादीलाई एकीकृत समाजवादीले सघाउने बताइएको छ ।
जिल्ला अध्यक्ष गोविन्द निरौलाले गाउँपालिका–६ को वडाध्यक्ष पदमा हुने उपचुनावमा एकीकृत समाजवादीले माओवादीका उम्मेदवार कुशेश्वर खेरवारलाई सघाउने जनाए । विज्ञप्तिमार्फत् उनले शुभेच्छुक, पार्टी सदस्य र मतदातालगायत वडावासी भ्रममा नपरी समाजवादी मोर्चामा आवद्व एवम् माओवादी उम्मेदवारलाई गोलाकार भित्रको हँसिया हथौडा अंकित चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।
यता कीर्तिपुर नगरपालिकाको मेयरमा पनि माओवादी उम्मेदवारलाई एकीकृत समाजवादीले सघाउने निर्णय यसअघि नै भइसकेको छ ।
टिप्पणीहरू