शेरबहादुर देउवा भृकुटीमण्डप नजाने भतिजको भनाइ

शेरबहादुर देउवा भृकुटीमण्डप नजाने भतिजको भनाइ

काँग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी विशेष महाधिवशेनमा भाग लिने कुनै सम्भावना नरहेको उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जालमा केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यसहित शेरबहादुर देउवा विशेष महाधिवेशनस्थल भृकुटीमण्डप जाने सन्देश फैलाएको हुँदा सो कुरामा कुनै सत्यता नरहेको सचिवालयको दावी छ । 

गलत सूचना प्रवाह गरिएको जनाउँदै निजी सचिव भानु देउवाले सचिवालयको गम्भीर ध्यानकर्षण भएको बताए । उनका अनुसार विशेष महाधिवेशनमा पार्टी सभापति जाने कार्यक्रम छैन ।

"केहीले भने छैटौं चोटि प्रधानमन्त्री बनाइदिने एमालेको आश्वासनमा रमाएर समग्रमा सिध्दिनुभन्दा राजनीतिबाटै सन्यास लिने सोचमा शेरबहादुर देउवा पुग्नै लागेको बताएका छन् ।"

यता केहीले भने छैटौं चोटि प्रधानमन्त्री बनाइदिने एमालेको आश्वासनमा रमाएर समग्रमा सिध्दिनुभन्दा राजनीतिबाटै सन्यास लिने सोचमा शेरबहादुर देउवा पुग्नै लागेको बताएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा धेरै प्रतिनिधिले हस्ताक्षर गरेपछि देउवामा घरायसी दवाव बढ्न थालेको निकट श्रोतले जनाएको छ ।

टिप्पणीहरू