बालेनले ताक्ने पूर्व, जाने पश्चिम

बालेनले ताक्ने पूर्व, जाने पश्चिम

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्ने प्रचार गरेका काठमाडौंका मेयर बालेन साह पश्चिम जाने भएका छन् । आगामी माघ ४ गते मेयरबाट राजीनामा दिने र ६ गते उम्मेदवारी दर्ता गर्ने योजना छ । 

हिजो साँझ रास्वपाको उपत्यका बाहिरका केही नेतासँग ललितपुरको ज्वागलमा भएको भेटमा उनले माघ ४ गते राजीनामा दिएर खुल्ला राजनीतिमा सक्रिय हुने बताएका हुन् । सुरेन्द्र चौधरी,लक्ष्मण थारु,करिस्मा कठरिया,कृष्ण न्यौपानेलगायतसँगको कुराकानीमा उनले चुनावी अभियान कैलालीको थारु बस्तीबाट थाल्ने जानकारी दिएका छन् ।

उनले राजीनामा दिएपछि माघ ५ गतेदेखि उपमेयर सुनिता डंगोल स्वतः कार्यवाहक प्रमुख बन्नेछिन् ।

यसअघि उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने चर्चा थियो । आफ्नो घर सिनामंगलसमेत सोही निर्वाचन क्षेत्रमा रहेकाले त्यताबाट उठ्ने धेरैको अनुमान थियो । एकातिर काठमाडौंको मेयर,अर्कोतिर झापामा निर्वाचन भिड्न जाने प्रचारलाई धेरैले बालेनको मिडिया ट्याक्टिसको रुपमा लिएका छन् । 

पुर्ख्यौली घर महोत्तरीको निर्वाचन क्षेत्रबारे उनी र उनी निकट समूहले केही बताएको छैन । मधेशमा सक्रिय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुका अनुसार बालेनबारे स्थानीय मतदाता अनभिज्ञ देखिन्छन् । 

 

 

टिप्पणीहरू