के छ महामन्त्रीकाे १५ पृष्ठ लामाे राजनीतिक प्रतिवेदनमा ?
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेता विश्वप्रकाश शर्माले १५ पेज लामो राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले जेनजी प्रदर्शन, पार्टी पुर्नगठन, आगामी कार्यदिशालगायतका विषय समेटिएको प्रतिवेदन पेश गरेका हुन् ।
विशेष महाधिवेशनले अन्तरिम केन्द्रीय कार्यसमिति चयन गर्ने संकेत समेत देखिएको छ । बन्नसत्रले पारित गरेको कार्यविधिअनुसार १४औँ महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमिति, केन्दीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति विघटन भएको छ । भने, नियमित महाधिवेशन नहुँदासम्मको लागि अन्तरिम केन्द्रीय कार्यसमिति गठन हुने सम्भावना देखिएको हो । कार्यविधिमा १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठनको प्रस्ताव गरिएको छ ।
८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काको अध्यक्षतामा जारी बन्द सत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गरिरहेका छन् ।
यस्ताे छ महामन्त्री शर्माको राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ
टिप्पणीहरू