हलभित्रै वार्ता गर्न महामन्त्रीहरू तयार
नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले दुई महामन्त्रीसँग वार्ता गर्न दुई नेता खटाएका छन् । उनले उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न पठाएका हुन् ।
देउवाले उपसभापति खड्का र लेखकलाई विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नै वार्ता गर्न भने पनि थापा र शर्माले भृकुटीमण्डपमै बाेलाएको बताइन्छ ।
छुट्टै बसेर वार्ता गर्न खोजेकाे संस्थापन पक्षलाई थापा र शर्माले 'जे वार्ता हुन्छ, बन्दसत्रको हलमै हुन्छ' भन्ने जवाफ दिएको जानकार एक नेताले जानकारी दिए ।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले महामन्त्री शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
टिप्पणीहरू