मतपत्र छाप्ने सुरसार

मतपत्र छाप्ने सुरसार

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपचुनावका लागि मतपत्रको डिजाइन तयार पारेको छ । उपनिर्वाचनका लागि आवश्यक मतपत्रको डिजाइन तयार पारिएकाले छपाई प्रक्रिया थालिने बुझिएको छ ।

आयोगका अनुसार उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र बनाइएको छ । स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र तयार पारिँदै छ ।

उपचुनाव हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमुनाहरु आयोगको वेबसाइटमा राखिएको छ । आयोगले मतपत्रको आधारमा दल तथा उम्मेदवारले प्रचारप्रसार एवं मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने जनाउँदै सोअनुरुप आवश्यक कार्य गर्न आह्वान गरेको छ ।

टिप्पणीहरू