दरवारमार्गमा शक्ति प्रदर्शन गर्दा ब्यापारीलाई सास्ती
सरकारमा बसेर सडक प्रदर्शनको बाटो समातेको नेकपा एमालेले आज काठमाडौँमा गरेको 'शक्ति जाम' का कारण उपत्यकाको व्यापार-व्यवसाय चौपट्ट भएको छ । नारायणहिटी अगाडि मन्च बनाएर एमाले कार्यकर्ताले सडक कब्जा गरेपछि दरबार मार्ग,घन्टाघर, जमललगायतका व्यापारिक क्षेत्रको व्यापार-व्यवसाय ठप्प बन्यो ।
'जागरण सभा' को नाममा अध्यक्ष तथा प्रधानमन्त्रीको उही भाषण सुनाउन दरबार मार्गजस्तो ठाउँमा मान्छे उतार्दा आवागमन त पूर्णत: प्रभावित बनेकै थियो,व्यापार-व्यवसाय पनि बन्दजस्तै भयो । कारोबार ठप्प हुँदा व्यापारीहरु नोक्सानीको चिन्ताले तनावमा देखिन्थे ।
एमालेले सडक कब्जा गरेर मन्च बनाएपछि बिहानैदेखि दरबार मार्गका व्यापारीको लागि 'आम हड्ताल' जस्तै बन्न पुगेको थियो । आर्थिक हैसियत भएका स्वदेशी तथा विदेशीहरुको 'सपिङ्ग' केन्द्र मानिने दरबार मार्ग क्षेत्र दिनभर अस्तव्यस्त देखियो ।
सत्तारुढ दलको आन्दोलनका कारण व्यापार प्रभावित हुँदा सयौँ व्यापारी मर्कामा परे । करोडौँको व्यापार प्रभावित भएको उनीहरुले गुनासो गरेका छन् । तर, दरबार मार्ग विकास समितिका अध्यक्ष राजीव श्रेष्ठले भने यसबारे बोल्न मानेनन् । सत्तारुढ दलको आन्दोलनले पारेको प्रभावबारे प्रतिक्रिया दिन अस्वीकार गर्दै उनी 'मलाई यसमा बोल्न नलगाउनु' भनेर पन्छिए ।
दुगड समूहका मालिक मोतिलाल दुगडले शुरुमा ७० हजारको उपस्थिति रहेको बताएका थिए । तर,दरबार मार्गमा त्यत्रो मान्छे अटाउने ठाउँ कहाँ छ ? भनेर प्रश्न गर्दा उनले 'अलिअलि बढाई चढाई त गर्नै पर्यो नि' भन्दै २० हजार चैं उपस्थिति रहेको बताए ।
आन्दोलनलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सधैंको भाषण सुनिरहेका मानिसमा खासै उत्साहसमेत देखिंदैनथ्यो । सार्वजनिक सञ्चार माध्यममा आइरहेका ओलीका बोलि दोहोर्याउनका लागि व्यस्त ठाउँमा भन्दा कीर्तिपुरतिर कार्यक्रम गरेको भए पनि हुन्थ्यो भन्नेहरु पनि भेटिए ।
व्यापारीको मर्कामा एमालेका नेताहरु भने संवेदनशील देखिएनन् । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेकी विमल पौडेल राईले 'यस्तो हुनु स्वभाविक हो !' भन्दै हल्का जवाफ दिइन् । सडकमा भेटिएकी उनलाई आन्दोलनले व्यापारिक क्षेत्रमा पारेको प्रभावबारे प्रश्न गर्दा त्यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आमसभामा बदाम बेच्नेहरूको व्यापार राम्रोसँग चलेको तर्क गर्दै पार्टीको कदमको बचाऊ गरिन् ।
यता,एक लाख मान्छे उतार्ने एमालेको दाबी पनि मिलेन । प्रहरी स्रोतले दिएको जानकारीअनुसार काठमाडौँ बाहिरका जिल्लाबाट पचासौँ बसमा आठदेखि १० हजार मानिस आमसभामा आएका थिए । एमालेकै एक नेताले पनि सोचेजस्तो उपस्थिति नभएको घुमाउरो रुपमा स्वीकार गरेका छन् ।
सो पार्टीको उध्योग विभाग प्रमुख रहेका पूर्वराज्यमन्त्री तथा दुगड समूहका मालिक मोतिलाल दुगडले शुरुमा ७० हजारको उपस्थिति रहेको बताएका थिए । तर,दरबार मार्गमा त्यत्रो मान्छे अटाउने ठाउँ कहाँ छ ? भनेर प्रश्न गर्दा उनले 'अलिअलि बढाई चढाई त गर्नै पर्यो नि' भन्दै २० हजार चैं उपस्थिति रहेको बताए ।
सूर्य चिन्हअंकित झण्डा बोकेर सडकमा उभिएका एकजना सामान्य कार्यकर्तालाई पनि आजको उपस्थितिबारे सोधिएको थियो । दुगडले जस्तै शुरुमा २० हजार मान्छे उत्रिएको बताएका उनले पछि ५ हजारजति हुनसक्ने यकीन गरे ।
एमालेले आफूलाई कम्युनिष्ट पार्टी भनेर दाबी गरे पनि आजको प्रदर्शनमा 'हँसिया हथौडा'वाला झण्डा पातलो देखियो । अधिकांशले चुनाव चिन्ह सूर्य अंकित झण्डा बोकेका थिए ।
टिप्पणीहरू