हिजो देश जल्न दिने, आज जवाफ नदिने ?

हिजो देश जल्न दिने, आज जवाफ नदिने ?

सेनाले तीन सातादेखि अटेर गरिरहेको चर्चाबीच जेनजी आन्दोलन र दमनसम्बन्धी छानबिन आयोगका एक सदस्यले जवाफ नदिएको भन्दा पनि सेनाले प्रष्टता चाहेको बताएका छन् । ‘सेनाले जवाफ नदिनै चाहेको होइन । केही दिएको छ । उसलाई को–को हो, कुन–कुन ठाउँमा को खटिएको हो भनेर सोधेकोमा कुन–कुन ठाउँको चाहिएको हो, प्रष्ट पारिदिनु भनेर चिठी लेखिएको थियोे,’ आयोग स्रोतले भन्यो, ‘समयमा दिएन भन्ने अर्कै कुरा हो । पुलिसले बरु ढिलाइ गरिदियो । सेनाले टाइमलाइन पनि पठाएको छ ।’

मुख्यसचिवको जवाफ ? 

सेना र प्रहरी मात्रै होइन आयोगले तत्कालीन मुख्य सचिव एकनारायण अर्यालसँग पनि बयान लिएको छ । त्यसक्रममा अर्यालले जेनजी आन्दोलनपछि भएको विध्वंश र सकसबारे सविस्तार बताएका थिए । अर्यालले प्रधानमन्त्री केपी ओलीलाई छिट्टै राजीनामा दिँदा क्षति कम हुन्छ भनेर सुझाएको बयान दिएका छन् । स्रोतले भन्यो, ‘प्रधानमन्त्री राजीनामा दिएर सेनाको हेलिकोप्टरमा उड्नुभन्दा अगाडि नै मुख्यसचिवहरू बालुवाटारबाट निस्किसकेका रहेछन् ।’

आँखै अगाडि सिंहरदबारदेखि सबै सरकारी कार्यालय जलेको देखेका अर्यालले किताब लेख्ने योजना पनि बनाएका छन् । ओली राजीनामा गरेर हिँडेपछि जंगीअड्डा भद्रकालीमा तीन–चार दिन बसेर प्रशासनिक नेतृत्वलाई कमाण्ड गरेको सहित थुप्रै गम्भीर परिस्थितिलाई उनले किताबमा उल्लेख गर्ने भएका हुन् । 

ओलीले सुझाव दिँदा मान्न आनाकानी गर्दा मात्रै होइन सुशीला कार्की प्रधानमन्त्री भएसँगै हटाउन खोजिएपछि समेत अर्याल पीडित बनेका थिए । एकातिर ओली बाउँठिने, अर्कोतिर उनले नियुक्त गरेको मान्छे भन्दै हटाउन खोज्ने हर्कतबाट उनी पीडित भएको बुझिन्छ । एकनारायणलाई ओलीले स्टक एक्सचेञ्ज प्राइभेट पार्टीलाई दिनुप¥यो भनेर पेलेका थिए । धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठको नियुक्ति र बीमा प्राधिकरणमा शरद ओझाको नियुक्ति दिपक भट्टकै दबाबमा भएका थिए । 

जेनजी आन्दोलनपछि उदाएका सुदन गुरुङ आयोगमा जान छाडेका छैनन् । ३–४ दिन अगाडि पनि आयोग पुगेका थिए । स्रोतले भन्यो, ‘देश बनाउनुपर्छ भन्छ जहिले पनि । देश बिगारे, भाँडे, म मन्त्री भइनँ, मेरो स्वार्थै थिएन भन्छ ।’ 

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू