रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी फाइल फाेटाे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले रविसहित १० जनाविरुद्ध पक्राउ गर्न अनुमति दिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका बचतकर्ताले किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

हाल कास्की प्रहरी हिरासतमा रहेका उनीविरुद्ध रुपन्देही र काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनीसँग आवश्यक अनुसन्धानका लागि पोखरा र भैरहवामा बयान लिइसकिएको छ ।

टिप्पणीहरू