उम्मेदवारी दर्ता र भेला सँगसँगै

उम्मेदवारी दर्ता र भेला सँगसँगै

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै सुरक्षाकर्मीकाे संख्या बढाइएको छ । भृकुटीमण्डपस्थित बन्दसत्रस्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । 

वरिष्ठ अधिवक्ता सिताराम केसी नेतृत्वको निर्वाचन समितिले साँझ ७ बजेसम्म मनोनयन दर्ता गराउने समय ताेकेको छ । उम्मेद्वारी दर्ता शुल्क बुझाउनको लागि नगद अनिवार्य गरिएको छ । निर्वाचन समितिले क्यूआर नचल्ने जनाएकाे छ। 

भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय कार्यसमितिको लागि नेताहरुले उम्मेद्वारी दर्ता गराउने तयारी गरिरहँदा संस्थापन पक्षका नेताहरु भने महराजगञ्जमा भेला भएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा जम्मा भएका नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका गतिविधिलाई रोक्न नेतृत्वलाई दबाब दिइरहेका छन् । दुई समूहबीच हिजोदेखि तारन्तार छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

टिप्पणीहरू