एउटा मन्त्रीकाे विदेश भ्रमण विवादित, अर्का इटाली जाँदै

एउटा मन्त्रीकाे विदेश भ्रमण विवादित, अर्का इटाली जाँदै

कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार इटाली जाने भएका छन । माघ २६ देखि २८ गतेसम्म आयोजना हुने ४९औँ 'सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्ट' कार्यक्रममा सहभागी हुन उनी रोम जान लागेका हुन् । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री परियारको भ्रमण स्वीकृत गरिसकेको छ । 

अघिल्लो मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्वीकृत गरेकोमा विवाद सिर्जना भएको थियो । सर्वत्र आलोचनापछि मन्त्री गुप्ताले भ्रमण रद्ध गर्न लागेको बुझिएको छ ।

टिप्पणीहरू