सानेपामा नेताहरू अलपत्र
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेता द्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग सहमति गर्न लागेको भन्दै नाराबाजी भएको छ । महाधिवेशन प्रतिनिधिहरुले निर्वाचनबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।
उनीहरुले 'नेपाली कांग्रेस के भन्छ, नयाँ नेतृत्व ले भन्छ' नारा लगाएका छन् । थापा र शर्माले चुनावी टिकटको भागवण्डा गरेर संस्थापन पक्षसँग सहमति गरेमा कांग्रेसले थप क्षति व्यहोर्ने उनीहरुको भनाई छ ।
यता, केन्द्रीय कार्यसमिति बैठकको लागि सानेपास्थित पार्टी मुख्यालय पुगेका नेताहरु अलमलमा परेका छन् । दिउँसो १ बजे बस्ने भनिएको बैठक यो समाचार तयार पार्दासम्म पनि बस्न सकेको छैन । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरु विशेष महाधिवेशन पक्षधर नेताहरुसँग छलफलमा व्यस्त रहेको कारण बैठक सुरु हुन नसकेको हो । सानेपा पुगेका नेताहरु दुई समूहको निर्णय कुरेर बसिरहेको बताइएको छ ।
टिप्पणीहरू