विशेष महाधिवेशनमा मतदान भाेलि
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि हुने मतदान भोलि बिहानबाट सुरु हुने भएको छ । वरिष्ठ अधिवक्ता सिताराम केसी नेतृत्वको निर्वाचन समितिले यसअघि राती ९ बजेदेखि मतदान हुने बताएकोमा समय तालिका हेरफेर गर्दै भोलि बिहानदेखि सुरु हुने जानकारी दिएकाे हाे।
निर्वाचन समितिले सभापति पदको उम्मेद्वारी दर्ताको लागि ३० हजार रुपैयाँ तोकेको छ । दर्ता शुल्क नगदमै बुझाउन भनेको समितिले उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० हजार र केन्द्रीय सदस्यको लागि १० हजार तोकेको हाे।
अहिले निर्वाचन समितिले मनोनयन फारम वितरण गरिरहेकोमा चार जनाले सभापतिको उम्मेद्वारी दिने भन्दै फारम लगेको बताइएको छ ।
यता संस्थापन पक्ष भने निरन्तर गगन थापा र विश्वप्रकाश शर्मा समूहसँग सहमतिको लागि संवाद गरिरहेको बताइन्छ ।
टिप्पणीहरू