न्यायाधीश छान्ने ठाउँमा एक पद रिक्त हुँदै

न्यायाधीश छान्ने ठाउँमा एक पद रिक्त हुँदै
सुन्नुहोस्

नेपाल बार एशोसिएशनको प्रतिनिधिका रुपमा न्यायपरिषदमा प्रतिनिधित्व गर्दै आएका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको पदावधि मङ्सिर १५ गते सकिँदैछ ।

उनको पदावधि समाप्त भएपछि रिक्त हुने पदमा नेपाली काँग्रेस निकट वरिष्ठ अधिवक्ताहरू उपेन्द्रकेशरी न्यौपाने, बारका पूर्व अध्यक्ष शेरबहादुर के.सी. र गोपाल घिमिरेबीच कसले बाजीमार्ने भन्ने प्रतिस्पर्धा छ । अर्कोतर्फ बारको आगामी निर्वाचनको तयारीमा पनि प्रजातान्त्रिक र प्रगतिशील खेमाका वकिलहरूबीच नाम चर्चा चल्न शुरु भएको छ ।

काँग्रेस निकट डिएलए डिफर समूहको नेतृत्व वर्तमान कोषाध्यक्ष सन्तोष राउतले गरेको र सो समूहमा वीरगञ्जका सुधिर कर्णलगायत सात जना सक्रिय रहेकाले यो खेमालाई खुशी पार्नैपर्ने बाध्यता छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतपछिको रोलक्रममा वामपन्थी पृष्ठभूमिको बाहुल्य छ ।

राउतपछि सपना प्रधान मल्ल, कुमार रग्मी,  हरि फुयाँल, मनोज शर्मा, नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र नृपध्वज निरौलाले पालो पाउँछन्। यीमध्ये प्रजातान्त्रिक धारको रुपमा कुमार रग्मीलाई चिन्ने  गरिएको छ ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

टिप्पणीहरू