सिडिओ कार्यालयका सुब्बा घुससहित समातिए
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । टोलीले सिडिओ कार्यालयको मुद्दा शाखाका यादवलाई २० हजार रुपैयाँ घुससहित पक्रेको जनाएको छ ।
उनीसँग रहेका महत्वपूर्ण कागजात पनि आयोगले नियन्त्रणमा लिएको छ । यादवले सवारी ज्यान मुद्दामा सवारीधनीले जम्मा गरेको किरिया खर्च प्रदान गर्ने क्रममा मृतकको हकवालासँग घुस मागेका थिए ।
टिप्पणीहरू