प्रधानमन्त्रीसँगको भेटअघि भारतीय सेनाध्यक्षद्वारा रक्षामन्त्रीसँग १० मीनेट कुराकानी

प्रधानमन्त्रीसँगको भेटअघि भारतीय सेनाध्यक्षद्वारा रक्षामन्त्रीसँग १० मीनेट कुराकानी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुशी व्यक्त गर्नुभएको जनाइएको छ ।

प्रधानमन्त्रीसँग भेटका लागि द्विवेदी प्रतिनिधिमण्डलका सदस्यसहित पौने ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी हुनुभयो । प्रधानमन्त्रीसँगको भेटपछि भारतीय सेनाध्यक्ष सवा ५ बजे सिंहदरबारबाट बाहिरिनुभएको थियो ।

हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरेपछि आज उहाँले रक्षामन्त्री मानवीर राईसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीसँग भेट गर्नुअघि उहाँ ४ बजेको समयमा सिंहदरबारस्थित रक्षा मन्त्रालय पुग्नुभएको बताइन्छ । उहाँहरुबीचको कुराकानी करिब १५ मीनेट भएको बुझिएको छ ।

टिप्पणीहरू