दुर्गा प्रसाईंलाई छोड्न अदालतद्वारा अस्वीकार
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश गरेको हो । आदेशमा बन्दीसहित उपस्थित हुन भनिएको छ ।
अस्ति दायर रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबील़ाई विपक्षी बनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं सिंहदरबार प्रहरी वृतको हिरासतमा छन् । उनीमाथि विद्युतीय कारोबार, कागजात किर्ते र मानहानीकाे मुद्दामा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
टिप्पणीहरू