रवि लामिछाने थप १५ दिन थुनामा

रवि लामिछाने थप १५ दिन थुनामा

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछाने थप १५ दिन हिरासतमा रहने भएका छन् । 

जिल्ला अदालत कास्कीले आज थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंसिर २३ गतेसम्मका लागि थुनुवा म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेलाई आज पाँचौंपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

टिप्पणीहरू