साढे १३ लाख यात्रुलाई मनकामना केबलकार चढाउने तयारी

साढे १३ लाख यात्रुलाई मनकामना केबलकार चढाउने तयारी

मनकामना केबलकारले स्थापनाको २६ वर्ष पूरा गरी २७ औं वर्ष प्रवेशमा थप सेवा दिने प्रतिबद्धता जनाएको छ । केबलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्टको निर्माणपछि स्तरीय सेवा दिइने उल्लेख छ।

अन्तिम चरणमा पुगेको रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सेमिनार हल र रेष्टुरेन्टको सुविधा राखिएको छ । पहिले १० लाख र पछिल्ला वर्षमा वार्षिक १२ लाख यात्रुलाई सेवा दिएको केबलकारले यो वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ ।

व्यवसायी लक्ष्मण बाबु श्रेष्ठले स्थापना गरेको उक्त कम्पनीले मनकामना मन्दिर र आसपासका क्षेत्रको स्वास्थ्य, शिक्षा र स्थानीय विकासमा विशेष योगदान गर्दै आएको छ ।

टिप्पणीहरू