राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको हो । सुरक्षित, भयरहित, निष्पक्ष र शान्तिपूर्णरूपले निर्वाचन सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू