रास्वपा नेताविरुद्धको मुद्दाको पेशी पुच्छारमा

रास्वपा नेताविरुद्धको मुद्दाको पेशी पुच्छारमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरुद्ध सर्वोच्च अदालतमा दायर अवहेलना मुद्दा पेशी चढेको छ । 

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाईका लागि पेशी तोकिएको हो । तर, सूचिको अन्तिमतिर परेकाले निवेदनउपर आज सुनुवाई हुने सम्भावना न्यून छ । 

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सांसदहरु स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सविता गौतमलगायत १९ जनालाई विपक्षी बनाइ अवहेलना मुद्दा दायर गरेका थिए । निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिइएको, भिडलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएकाले अदालतको अवहेलना हुने जिकिर लिइएको छ ।

शुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरेको निवेदन  इजलासको आदेशमा दर्ता भएपनि सुनुवाई हुन् सकेको छैन । 
 
सहकारी ठगीमा समातिएका सभापति रवि लामिछाने रिहाईको माग गर्दै रास्वपाका नेता-कार्यकर्ता एक महिनादेखि निरन्तर सडकमा छन् । न्यायिक प्रक्रियालाई बिथोल्ने मनसायका साथ जननिर्वाचित सांसदसमेत सडकमा उत्रिएको भन्दै आलोचना भैरहेको छ ।

टिप्पणीहरू