विश्वको शान्तिपूर्ण विकासमा गम्भीर चुनौती : चिनियाँ राष्ट्रपति

विश्वको शान्तिपूर्ण विकासमा गम्भीर चुनौती  : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै यो शान्तिपूर्ण विकासमा अवरोध बनेको बताउनुभएको छ । यसका लागि चीनसहितको ब्रिक्स संगठनका सदस्यहरुलाई स्थिर शक्ति बन्न आग्रह गर्नुभएको छ । 

रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको समापन समारोहमा बोल्दै उहाँले विश्वव्यापी दक्षिणको आधुनिकतातर्फको साझा यात्रा विश्व इतिहासको एउटा प्रमुख घटना रहेको टिप्पणी गर्नुभएको छ । भन्नुभयो, ‘हामी यस समयमा शान्तिका लागि स्थिर शक्ति बन्नुपर्छ । विश्वव्यापी सुरक्षालाई बलियो बनाउँदै हालका समस्याको लक्षण र मूल कारण दुवैको समाधान खोज्नुपर्छ ।’ 

उहाँले रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनले त्यस्ता अवरोधविरुद्ध सदस्य राष्ट्रहरूको संयुक्त मोर्चा बनाउन मद्दत गर्ने विश्वास लिनुभएको छ ।

टिप्पणीहरू