इलाममा जीपकाे ठक्करबाट दुई जना घाइते

इलाममा जीपकाे ठक्करबाट दुई जना घाइते

इलाममा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । झापा जाँदै गरेको प्र १-०१ ज ३६६१ नम्बरको बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिएको हो । 

मोटरसाइकलमा सवार कलुप्रसाद पौडेल र गंगा गुरागाई घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बिर्तामोड पठाइएको बुझिएको छ । 

घाइते पौडेल शिक्षक र गुरागाई व्यवसायी रहेको बताइन्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

टिप्पणीहरू