प्रमुख प्रशासकीय अधिकृतको खल्तीमा पौने लाख घुस

प्रमुख प्रशासकीय अधिकृतको खल्तीमा पौने लाख घुस

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७८ हजार रुपैयाँ घुससहित फेला पारेको बताइएको छ ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा अख्तियारको हेटौँडा कार्यालयको टोलीले उनलाई घुस रकमसहित पक्रेको हो । प्रमुख प्रशासकीय अधिकृत कलैया उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय नजिकै घुस रकम बुझ्दै गरेको अवस्थामा फेला परेका हुन् ।

टिप्पणीहरू