नवनियुक्त चिनियाँ विदेशमन्त्री तुरुन्तै दक्षिण अफ्रिकामा

नवनियुक्त चिनियाँ विदेशमन्त्री तुरुन्तै दक्षिण अफ्रिकामा

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक भएको छ । ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको १३ औं सुरक्षा सल्लाहकारहरुको बैठकमा चीनको तर्फबाट वाङ यी सहभागी छन् । 

हिजो मात्रै चीन सरकारले वाङलाई विदेशमन्त्रीमा नियुक्त गरेको थियो । विदेश यात्रामा रहेको बखत उनी पुरानै जिम्मेवारीमा फर्केका हुन् । अमेरिकी राजदूतबाट गत डिसेम्बरमा स्टेट काउन्सिलरको जिम्मेवारीसहित विदेशमन्त्री पदमा नियुक्त छिङ गाङ हिजो बर्खास्त भएका छन् ।

 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार वाङले बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी,केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा वैदेशिक मामिलासम्बन्धी केन्द्रीय आयोग कार्यालयका निर्देशकको हैसियतसहित भाग लिएका छन् । विदेशमन्त्रीमा नियुक्त भए पनि पद तथा गोपनीयताको शपथ नभइसकेकाले उनलाई विदेशमन्त्रीको रुपमा सम्बोधन गरिएको छैन ।

टिप्पणीहरू