पाथीभरामा पौने करोड भेटी
ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा अघिल्लो महिना ७५ लाख ४९ हजार एक सय रुपैयाँ भेटी उठेको छ ।
मंसिरमा १९ हजार १८१ भक्तजन मन्दिर दर्शन गर्न पुगेकोमा त्यति भेटी संकलन भएको हो । सो रकम बैंकमा जम्मा गरिएको पाथीभरा मन्दिर विकास समितिले जनाएको छ ।
प्रजिन हाङबाङले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि दैनिक भेटी संकलन गरेर बैंकमा जम्मा गर्ने र मासिक विवरण सार्वजनिक गर्ने कार्य थालिएको छ ।
टिप्पणीहरू