अमेरिकी जासुसी विमानले सीमा नाघेपछि उत्तर कोरियाको चेतावनी : कारबाही गरिनेछ

अमेरिकी जासुसी विमानले सीमा नाघेपछि उत्तर कोरियाको चेतावनी : कारबाही गरिनेछ

उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाको वायुसेनाका जासुसी विमानले गैरकानुनी उडान गरेको आरोप लगाएको छ । उसले उत्तर कोरियाली आकाशमा ती विमानले आठ पटक गैरकानुनी उडान गरेकाले जवाफी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले जारी गरेको प्रेस विज्ञप्तिमा त्यस्तो चेतावनी दिइएको हो । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार अमेरिकाको उक्त रवैयाले उत्तर कोरियाको सार्वभौमसत्तामाथि अतिक्रमण गरेको छ । 

अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उत्तर कोरियाको दाबी छ । अमेरिकी वायुसेनाको जासुसी विमानले कोरियाको पूर्वी सागरस्थित आर्थिक जल क्षेत्रमा गैरकानुनी रूपमा पटक पटक उडान भरेको प्योङयाङले आरोप लगाएको हो । 

अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियाको उक्त आरोपलाई अस्वीकार गरेको छ ।

टिप्पणीहरू