युक्रेनलाई उपलब्ध गराइएको बम रुसविरुद्धको आक्रमणमा प्रभावकारी : अमेरिका

युक्रेनलाई उपलब्ध गराइएको बम रुसविरुद्धको आक्रमणमा प्रभावकारी : अमेरिका

अमेरिकाले घातक क्लस्टर बम रुसविरुद्धको युद्धमा प्रभावकारी रुपमा प्रयोगमा आएको दाबी गरेको छ । उक्त बम अमेरिकाले युक्रेनलाई उपलब्ध गराउँदै आएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्लस्टर बमहरु रुसविरुद्ध प्रभावकारी भएको जानकारी दिएका हुन् । यो बमलाई विश्वका एक सयभन्दा बढी देशले प्रतिबन्ध लगाएका छन् । तर, अमेरिकाले युक्रेनलाई उपलब्ध गराउँदै आएको पुष्टि भएको छ ।

क्लस्टर बम झर्दा शुरूमा एउटा डल्लो देखिए पनि जमिनतर्फ आउँदै गर्दा अनगिन्ती साना बमको रुपमा परिणत हुने गर्छन् । यसको असर वर्षौंसम्म रहने विशेषज्ञहरु बताउँछन् ।

टिप्पणीहरू