ह्वाइट हाउसको राजकीय भोजमा नीता अम्बानीको साडी

ह्वाइट हाउसको राजकीय भोजमा नीता अम्बानीको साडी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको राजकीय भ्रमण पूरा गरेर स्वदेश फर्केका छन् । फर्कने क्रममा मोदी इजिप्ट पस्ने कार्यक्रम छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पतीले मोदीको सम्मानमा ह्वाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गरेका थिए । अर्को दिन उपराष्ट्रपति कमला ह्यारिसले राजकीय दिवा भोजको आयोजना गरिन् । टोलीमा भारतीय व्यवसायी तथा डलर अर्बपति मुकेश अम्बानी  श्रीमतीसहित सहभागी थिए । 

भ्रमणपछि नीताले लगाएको सुनौलो रंगको साडीको चर्चा भएको छ । उनले लगाएको बनारसी सिल्कको साडीमा हात्तीको दाँत र सुनसमेत हालिएको तथ्य खुलेको छ । झण्डै एक महिना लगाएर बनाइएको उक्त साडी रिलायन्स फाउण्डेसनले भारतमै उत्पादन गरेको हो ।

भारतीय परम्परागत साडी,शीरमा फूलको गजरे र निधारमा बिन्दी लगाएकी नीताको पहिरनको चर्चा हुन थालेको छ । हातले बुनिएको उक्त साडीमा सुनको धागो प्रयोग भएको बताइएको छ ।

राजकीय दिवा भोजमा नीताले गुलाबी साडी पहिरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो साडी बनाउन रिलायन्स फाउण्डेशनको पहलमा पाटन जिल्लाको प्रख्यात पटोला साडी निर्मातालाई छ महिना लागेको थियो । 

भारतीय सञ्चारमाध्यमले दुवै समारोहमा लगाएको लिपिस्टिक,हेयर स्टाइल, स्याण्डललगायतबारे पनि लामो चर्चा गरेका छन् । 

स्रोत : भारतीय सञ्चारमाध्यमहरु ।

टिप्पणीहरू