भोलि काठमाडाैं महानगर बन्द

भोलि काठमाडाैं महानगर बन्द

काठमाडौं महानगरपालिका भोलि बन्द हुने भएको छ । महानगर दिवसको उपलक्ष्यमा भोलि महानगरको केन्द्रीय कार्यालयसहित ३२ वटै वडा कार्यालय बन्द हुने भएको हो । 

सोहीअनुरुप बालुवाटारस्थित वडा नम्बर ९, को कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘मिति २०८२ मंसिर २९ गते सोमबार ३१ औं महानगर दिवसको उपलक्ष्यमा यस वडा कार्यालय बन्द रहने हुँदा उक्त दिन यस वडाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बन्द हुने ।’

वि.सं.२०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाइन्छ।

टिप्पणीहरू