भारतीय राजदूतको उपचार सिसियुमा

भारतीय राजदूतको उपचार सिसियुमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको छ । उनको मुटुको भल्भमा स्टेन राखिएको बताइएको छ । अहिले सिसियुमा राखिएको बुझिएको छ ।

राजदूत श्रीवास्तवलाई हिजो दिउँसो हाइकिङ जाँदा अचानक लडेर बेहोस भएपछि हेलिकोप्टरमा उद्धार गरिएको थियो । दिउँसो साढे २ बजे दूतावासका २ जना अफिसरसहित काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ९ भस्मेसुर डाँडाको जङ्गलमा हाइकिङ्ग गर्न गएको बेलामा अकस्मात छाती दुखेको जनाउँदै ढलेपछि सेनाको हेलिकप्टरले उद्धार गरेर ग्राण्डी अस्पताल पुर्याइएको थियो । 

हिजो भेन्टिलेटरमा राखेर उपचार गराइएका राजदूतको आज मुटुको भल्भम स्टेन राखिएको अस्पताल स्रोतले जनाएको छ । श्रीमान बिरामी भएको खबरपछि पत्नी पुन्यसाहिला श्रीवास्तव गएराति नै काठमाडौँ आएकी हुन् । 

नेपालमा कार्यकाल सकेर फर्कन लागेको बेलामा राजदूत अचानक बिरामी भएका हुन् ।

टिप्पणीहरू