अफ्रिकामा जस्तै यौटै चिन्हमा चुनाव लड्ने तयारी

अफ्रिकामा जस्तै यौटै चिन्हमा चुनाव लड्ने तयारी

संसदमा 'थर्ड पोल' बनाएर राष्ट्रिय राजनीतिमा निर्णायक पोजिसन कायम गरिराख्ने उध्देश्यप्रेरित चार दलको समाजवादी मोर्चालाई अफ्रिकन नेशनल कंग्रेसको मोडलबाट चलाउनेवारे छलफल केन्द्रित भएको छ । 

राजनीतिक उपलब्धिको रक्षा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न राजनीतिक पहलकदमी लिने उध्देश्य राखेको मोर्चालाई गोरा जातिविरुध्दको संघर्षका लागि बनेको अफ्रिकन कंग्रेस मोडल भनिएको हो । आगामी निर्वाचनमा यौटै चुनाव चिन्हमा लड्ने योजना साथ मोर्चाको छुट्टै झण्डा,लोगो र छाप हुनेछ । मोर्चाको सांगठनिक संरचना संघीय मोडलको हुनेछ । 

मोर्चाको कार्यविधिमा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सांगठनिक स्वरूप रहने उल्लेख छ । केन्द्रमा केन्द्रीय संयोजन समिति रहने छ । र, समितिमा घटक पार्टीका अध्यक्षहरूसहित प्रत्येक पार्टीबाट बढीमा ५/५ जना रहने छन् । संयोजन समितिको निर्णय कार्यान्वयनका लागि प्रत्येक पार्टीबाट प्रतिनिधित्व हुनेगरी सचिवालय गठन गरिने छ जनाइएको छ ।

प्रादेशिक तहमा प्रदेश संयोजन समिति रहने र त्यसमा मोर्चामा रहेका पार्टीका प्रदेशका अध्यक्ष/प्रमुखसहित प्रत्येक पार्टीबाट बढीमा ४/४ जनाको प्रतिनिधित्व रहने छ । आवश्यकतानुसार सचिवालय पनि गठन गर्न सक्ने भनिएको छ । त्यस्तै, स्थानीय तहमा जिल्लाका पार्टी अध्यक्ष तथा प्रमुखहरुसहित बढीमा ३-३ जना रहेको जिल्ला संयोजन समिति गठन गर्ने बताइएको छ । जिल्ला संयोजन समितिलाई आवश्यकतानुसार पालिका तहमा विस्तार गर्न अधिकार प्रत्यायोजन गरिएको छ ।

'यसलाई कतिपयले अफ्रिकन नेशनल कंग्रेस मोडल पनि भनेका छन् । त्यहाँजस्तै यहाँ पनि कम्युनिष्ट र गैरकम्युनिष्ट दुवै पार्टीहरु मोर्चामा रहेकाले समानता छ भन्न सकिन्छ',

त्यसैगरी, पार्टीका जनवर्गीय तथा मोर्चा सङ्गठनहरूबीच सहकार्यका लागि आवश्यक संयन्त्र निर्माण गर्ने सांगठानिक संरचना तय भएको छ । तर, मोर्चाका घटकहरूले आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न प्रत्येक पार्टी स्वतन्त्र हुने छन् ।

मोर्चा संवध्द माओवादी केन्द्रका एक नेताले गोरा जातिविरुध्द लड्न अफ्रिकाका पार्टीहरुले दीर्घकालीन मोर्चाबन्दी गरेजस्तै दक्षिणपन्थी शक्तिहरुले टाउको उठाउने प्रयास गरिरहेकाले गणतन्त्र,संघीयता,धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समावेशी राज्य प्रणाली र समाजवाद मान्ने पार्टीहरु एक ठाउँमा उभिएको बताए । यसलाई प्रभावकारी बनाउन ठोस योजना र कार्यक्रम अघि बढाउने सहमति भएको उनले बताए ।   

'यसलाई कतिपयले अफ्रिकन नेशनल कंग्रेस मोडल पनि भनेका छन् । त्यहाँजस्तै यहाँ पनि कम्युनिष्ट र गैरकम्युनिष्ट दुवै पार्टीहरु मोर्चामा रहेकाले समानता छ भन्न सकिन्छ', उनले भने । लोकप्रियतावाद र पुनरुत्थानवादको बढ्दो प्रभाव रोक्न प्रगतिशील शक्तिहरु मिलेर जानुपर्ने आवश्यकता रहेकाले मोर्चाको आयु लामो रहेको ती नेताले बताए ।  

'घोर दक्षिणपन्थी राप्रपा र रङ्ग नखुलेको रास्वपाजस्ता शक्तिहरुले टाउको उठाइरहेका छन् । राजनीतिक उपलब्धिहरु सिध्याउने खतरा छ । त्यसविरुध्द लड्न बलियो शक्ति आवश्यक हुन्छ', उनी भन्छन्, 'कांग्रेस,एमाले र अरु अलग-अलग हुँदा त्यो सम्भव छैन । त्यस हिसाबले यो मोर्चा लामै समय जान्छ ।'

टिप्पणीहरू