अरूलाई मासुभात,प्रहरीको पुर्पुरोमा हात

अरूलाई मासुभात,प्रहरीको पुर्पुरोमा हात

नेकपा एमालेको भृकुटीमण्डपमा जारी एघारौँ महाधिवेशनको बन्द सत्रस्थल वरपर खटिएका प्रहरी कर्मचारीहरूले ड्युटीका क्रममा अपमान सहनुपरेको गुनासो पोखेका छन् । उपत्यका प्रहरी कार्यालयबाट खटिएका डिएसपीले पुसको जाडोमा बिहानैदेखि खटिएका प्रहरी कर्मचारीहरूमाथि अपशब्द प्रयोग गर्दा आफूहरु दुःखी भएकोे उनीहरुको भनाइ छ । 

स्रोतका अनुसार महाधिवेशनस्थल सुरक्षामा तैनाथ प्रहरीलाई बिहान ७ बजेदेखि साँझसम्म एउटा र रातको अर्को गरी दुई सिफ्टमा ड्युटी लगाइएको थियो । तर बिहानको सिफ्टमा खटिएका धेरै प्रहरी कर्मचारीले भोकै ड्युटीमा खटिनु परेको बताए ।

‘न त नजिकै खाना खाने ठाउँ,न ड्युटी छोड्ने अवस्था । तर पनि अपमानजनक शब्द प्रयोग गरियो,’हिजो साँझ ६ बजे प्रदर्शनीमार्गमा भेटिएका एक सुरक्षाकर्मीले बताए ।

एमालेले  नेताका अङ्गरक्षकलाई खानाको व्यवस्था गरिए पनि ती जम्मैको ज्यान जोगाउने ड्युटीमा खटिएका प्रहरीलाई टुलुटुलुु  हेर्न बाध्य बनाएको बुझिएको छ ।

‘सरकारले तिमीहरूलाई राशन दिएको छ,किन अर्काको खानु ?’ भन्दै कमाण्डरले ड्युटी स्थल नछोड्न आदेश दिएको गुनासोसमेत सुन्नमा आएको छ । ‘न त नजिकै खाना खाने ठाउँ,न ड्युटी छोड्ने अवस्था । तर पनि अपमानजनक शब्द प्रयोग गरियो,’ हिजो साँझ ६ बजे प्रदर्शनीमार्गमा भेटिएका एक सुरक्षाकर्मीले बताए । 

उनले नेता र अन्य पाहुनाका लागि पुसको जाडोमा तातो मासुभातको व्यवस्था हुँदा आफूहरू भने भोकै ड्युटीमा बस्नुपरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

 

टिप्पणीहरू