नाइजरमा सैनिक ‘कू’ : राष्ट्रपति अपदस्थ, संविधान भंग

नाइजरमा सैनिक ‘कू’ : राष्ट्रपति अपदस्थ, संविधान भंग

पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक ‘कू’ भएको छ । सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सत्ता कब्जा गरेको घोषणा गरेको छ ।

सैन्य समूहले राष्ट्रपतिलाई अपदस्थ, संविधान भंग र मुलुकका सबै संस्था निलम्बित भएको घोषणा गरेको छ । 

सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले मुलुकभर कर्फ्यु लगाएको र हवाई तथा स्थल सीमा सबै बन्द गरिएको जानकारी दिएका छन् । उनले आफ्नो सम्बोधनमा मुलुकको सुरक्षा अवस्था कमजोर रहेको र कुशासन बढेको आरोप लगाउँदै राष्ट्रपतिलाई अपदस्थ गर्नुपरेको बताएका छन् ।

अपदस्थ राष्ट्रपति मोहमेद बजुमलाई सेनाले नियन्त्रणमा लिएको छ । अन्य मुलुकलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइएको छ । तर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अपदस्थ राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेको समाचारमा जनाइएको छ । राष्ट्रपति बजुम अमेरिका समर्थक हुन् । 

भूपरिवेष्ठित मुलुक नाइजरमा सन् १९६० यता भएको यो चौथो सैन्य ‘कू’ हो ।

टिप्पणीहरू