ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्रीको पत्रकार सम्मेलन अमेरिकी सांसदहरुद्वारा बहिष्कार

ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्रीको पत्रकार सम्मेलन अमेरिकी सांसदहरुद्वारा बहिष्कार

अमेरिका भ्रमणको क्रममा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विरोधको सामना गर्नुपरेको छ । भारतमा धार्मिक विभेद रहेको आरोप लगाउँदै त्यहाँका दुई जना मुस्लिम सांसदलगायत आधा दर्जन डेमोक्र्याट सांसदले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।

तर,प्रधानमन्त्री मोदीले भारतमा धार्मिक विभेद रहेको आरोपलाई अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनसँगको द्विपक्षीय भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीमाथि धार्मिक विभेदको प्रश्न सोधिएको थियो ।

एक महिला पत्रकारले सोधिन्, ‘तपाईंको शासनकालमा भारतमा मानवअधिकारको स्थिति कमजोर रहेको, अल्पसंख्यक तथा मुस्लिमप्रति असमान व्यवहार गरिएको भनेर अधिकारवादी समूहले आरोप लगाउने गरेका छन् नि !’ प्रत्युत्तरमा मोदीले भारत लोकतान्त्रिक देश भएको उल्लेख गर्दै भने,‘जाति, भाषा,धर्म वा लिंगका आधारमा कुनै भेदभाव गरिएको छैन ।’

भारतीय प्रधानमन्त्री अमेरिका भ्रमणमा जानुअघि डेमोक्र्याटिक पार्टीका ७५ जना सांसद तथा सिनेटरले राष्ट्रपति बाइडनलाई संयुक्त पत्र लेखेर मानवअधिकारका विषयमा मोदीसँग कुरा उठाउन आग्रह गरेका थिए । राष्ट्रपति बाइडन पनि डेमोक्र्याटिक पार्टीका हुन् ।

स्मरण रहोस् यसअघि गत महिना अमेरिकी विदेश मन्त्रालयले जारी गरेको एउटा प्रतिवेदनमा भारतमा धार्मिक विभेद रहेको उल्लेख थियो ।  अमेरिका भ्रमणमा पुग्नुअघि सत्तारुढ डेमोक्र्याटिक पार्टीकै ७५ सांसद तथा सिनेटरले बाइडनलाई संयुक्तपत्र लेख्दै मानवअधिकारका विषयमा मोदीसँग कुरा उठाउन आग्रह गरेका थिए ।

टिप्पणीहरू