जो नगरबधुको ओछ्यानमै भक्कानिए
‘म अब चुप लागेर बस्न सक्दिन । तीन सातादेखि हरेक दिन आफैँसित भन्न थालेको छु कि आज त सबै कुरा तिमीलाई भन्छु भन्छु । म आफैंलाई सोध्ने गर्छु– के मैले सबै कुरा तिमीलाई भनेँ ? यो पत्र पनि बोकेर हिँडिरहेको छु ताकि आज पनि केही भन्न सकिनँ वा अवसर पाइनँ भने तिमीलाई दिन सकुँ । मलाई लाग्छ, तिम्रो परिवारले गलत कुरो सोचेर बसेको छ ।
उनीहरूलाई लागेको हुनुपर्छ– म तिम्री दिदीसँग प्रेम गर्छु तर यो सत्य होइन । तिमीले लेखेको कथा मेरो दिमागमा ताजा छ किनभने त्यो प…