युद्धको जोखिममा रहेका नेपालीलाई घर फर्काइने
इजरायल र इरानमा रहेका नेपालीको उद्धारका लागि अनलाइन रजिष्ट्रेशन फाराम भर्न आह्वान गरिएको छ ।
दुई देशबीच युद्ध चर्किँदै गएपछि त्यहाँ रहेका नेपालीको सुरक्षालाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली दूतावासले फारम खुलाएको हो । दूतावासले दुवै देशमा रहेका नेपालीको उद्धार र स्वदेश फिर्तीका निम्ति फाराम भर्न आग्रह गरेको छ ।
दूतावासको वेबसाइटमा राखिएको लिंकमा गएर रजिष्ट्रेशन फाराम भर्न सकिनेछ । इजरायलमा विकसित पछिल्लो परिस्थितिबीच समस्या वा त्रासमा रहेका नेपालीको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले सूचना संकलनको काम शुरु गरेको दूतावासको भनाइ छ ।
रकार तथ्याङ्कअनुसार हाल इजरायलमा साढे पाँच हजारको हाराहारीमा नेपाली छन् । त्यस्तै, इरानमा एक दर्जन नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू