रसुवागढीबाट दुई दिनमा उठ्यो १० करोड
चीनसँग जोडिएको रसुवागढी नाका पुनः पूर्ण सञ्चालनमा आएको छ । गत असारको भीषण बाढीका कारण बन्द रहेको व्यापारिक नाकालाई नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि सञ्चालनमा ल्याइएको छ ।
बाढीले पक्की मितेरी पुल बगाएपछि चिनियाँ पक्षले उक्त स्थानमा बेली पुल सञ्चालनमा ल्याएको हो ।
अस्ति शनिबार एकै दिन १८ वटा विद्युतीय गाडी भित्रिएको छ । स्याउ, तयारी कपडा,लसुन, सवारीसाधनका पार्टपुर्जालगायत सामान बोकेका ३९ वटा कन्टेनर पनि नेपाल प्रवेश गरेका छन् ।
पछिल्लो चार दिनमा ९६ वटा कन्टेनर नेपाल भित्रिसकेको भन्सार कार्यालयले जनाएको छ । दुई दिनमा मात्रै ९ करोड ८७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
टिप्पणीहरू